कोशीको सभामुखमा राप्रपाका विष्टलाई एमालेले पनि सघाउने



काठमाडौं ।

कोशी प्रदेशको सभामुखमा राप्रपाका उम्मेदवारलाई एमालेले पनि सघाउने भएको छ। मंगलबार बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई सघाउने निर्णय गरेको हो।

संसदीय दलको बैठकले सभामुखमा सत्ता गठबन्धन बाहेकको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

यसअधि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धनले पनि विष्टलाई समर्थन गर्ने जनाएको थियो। योसँगै कोशी प्रदेशको सभामुखमा विष्ट सर्वसम्मत चयन हुने देखिएको छ। विष्ट समानुपातिक सांसद हुन्।

कोशीमा सभामुखको निर्वाचन आज दिउँसो ३ बजे हुँदैछ। आज बिहान बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनका लागि मतदानको समय तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्