कोशीमा सभामुख चयनका लागि आज निर्वाचन



काठमाडौं ।

कोशी प्रदेशसभाको सभामुख चयन गर्न आज मतदान हुने भएको छ। आज बिहान बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनका लागि मतदानको समय तोकेको हो।

मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन्।

सत्ता गठबन्धनको सहमतिअनुसार सभामुख पद राप्रपाले पाउने भएको छ। राप्रपाले सभामुख पाउने भएपछि अम्बरबहादुर विष्टलाई अघि सार्ने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको राप्रपा कोशी संसदीय दलको बैठकले सभामुख आफैंले लिने र विष्टलाई अघि सार्ने निर्णय गरेको हो। विष्ट झापाका समानुपातिक सांसद हुन्।

सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त छ।

प्रतिक्रिया दिनुहोस्