दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्ब बढीको कारोबार



काठमाडौँ ।

सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार ३६.५७ अंकले बढेको  सेयर बजार २०५९.४२ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०२ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २१२ वटा कम्पनीको सेयरमूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्