अवैध लागूऔषध ब्राउनसुगरसहित दुई महिला पक्राउ

0
Shares

कैलाली।

धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्रामसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्ट रहेका छन् ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र. ०१-००१ प १७०९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।