मलेसिया पठाइदिन्छु भन्दै ४ लाख भन्दा बढी रकम ठगी गर्ने महतो पक्राउ

0
Shares

काठमाडौं ।

मलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने २७ वर्षीय बलराम कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महतोले २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।