मनेभञ्ज्याङमा जारी अध्यक्ष कप प्रतियोगितामा लिखु र मोलुङको जित 



 ओखलढुंगा ।

मनेभञ्ज्याङ गाउँपालिका ओखलढुंगाले आयोजना गरेको जारी फुटबल प्रतियोगितामा लिखु गाउँपालिका ओखलढुंगा र मोलुङ गाउँपालिका ओखलढुंगाले जित निकालेका छन् । ओखलढुंगाको मनेभञ्ज्याङ ३ उबुमा भै रहेको प्रतियोगितामा आजको पहिलो खेलमा लिखु गाउँपालिका ओखलढुंगाले नेचा सल्यान गाउँपालिका सोलुलाई १ का विरुद्ध ५ गोलको अन्तरले हराउँदै जित निकालेको हो ।

लिखु गाउँपालिकाका लागी जर्सी नं. ८ का खेलाडी आकाश पौडयालले ३ गोल जर्सी नं. ७ करुण मगरले १ गोल र जर्सी नं. १३ का खेलाडी सुरज बिस्टले १ गोल गरेका थिए ।

जर्सी नं. ८ का खेलाडी आकाश पौडयालले खेल शुरु भएको २ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यसै गरी जर्सी नं. १३ का खेलाडी सुरज बिस्टले ३७ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई दोब्बर अग्रता दिलाएका थिए ।  खेलको ५२ औ मिनेटमा लिखुका करण मगरले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई ३ शून्यको अग्रता दिलाए । यसै गरी जर्सी नं। ८ का खेलाडी आकाश पौडयाले ६२ औ र ७५ औ मिनेटमा गोल गरे । नेचा सल्यान गाउँपालिका सोलुका लागी एक मात्रै गोल पेनाल्टी मार्फत जर्सी नं। ७ का थिर राज राईले गोल गर्दै अनफनो टिमलाई सान्त्वना दिलाए ।

यसैगरी  आजै भएको दोस्रो खेलमा मोलुङ गाउँपालिका ओखलढुंगाले थुलुङ दुध कोसी गाँउ पालीका सोलुलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गरेको छ । मोलुङका लागी जर्सी नं. १० का रबिन मगरले ६० औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । यसै गरी जर्सी नं। ४ का खेलाडी मिलन परियारले खेलको ६५ औ मिनेट र ६७ औ मिनेटमा गोल गर्दै मोलुङका लागी जित दिलाए ।

आजको प्रतियोगितामा लिखुका आकाश पौडयाल र मोलुङका मिलन परियार म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्