१८ लाख भन्दा बढी नक्कली नोटसहित एक जना पक्राउ

0
Shares

रौतहट। 

 प्रहरीले ठूलो परिमाणमा  नक्कली नोटसहित देबाहीगोनाहीबाट एक जनालाई पक्राउ गरेको छ । सवारी चेकजाँचको क्रममा प्रहरीले गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोटसहित पक्राउ गरेको हो । यादवलाई प्रहरीले देवाहीगोनाही नगरपालिका–८ पटेल चोकबाट पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार सवारी चेकजाँचको क्रममा प्रहरीले जयसवालको साथबाट १ हजार ८४३ थान १ हजार दरको नक्कली नोट बरामद गरेको हो । पक्राउ परेका यादवको साथबाट प्रहरीले विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेक समेत बरामद भएको छ । नक्कली नोटसहित पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरी नायब उपरिक्षक गिरीले बताए । पछिल्लो सयममा रौतहटमा नक्कली नोटको कारोबार बढ्दै गएको अवस्थामा यादव पक्राउ परेका हुन । यसअघि पनि प्रहरीले भारती नक्कली नोटसहित शिवनगर मेलाबाट चार जना, गरुडा नगरपालिका ४ बाट १ हजार दरका ७ थान नक्कली नोट सहित ३ जना र चन्द्रपुर–१० बालचनपुरबाट १ हजार दरको २० थान नक्कली नोटसहित १ जनालाई पक्राउ गरेको थियो ।