मेयरले बाडिन ५० गरिब परिवारलाई बिहे खर्च

0
Shares

रौतहट ।

मौलापुरकी मेयर रिना साहले ५० गरिब परिवारलाई बिहे खर्च दिएकी छिन् । मौलापुर नगरपालिकामा “असहायके साथ मेयर कार्यक्रम” अन्तर्गत आज झण्डै ५० जना गरिब परिवारलाई रू ३० हजारको दरले सहयोग बाँडेकी हुन्।

आज एक कार्यक्रमका माझमा मेयर साहले अनुदानको सो रकमको चेक नगरप्रमुख साहले हस्तान्तरण गरेकी हुन् । मेयर साहले झण्डै ६ वर्ष अघि शुरू गरेको यो कार्यक्रमले आम गरिब परिवारलाई ठुल्लो राहत प्रदान गरेको स्थानियले जनाएका छन् ।