निलम्बन फुकुवापछि सांसद कोइरी पहिलोपटक संसदीय समितिमा

0
Shares

काठमाडौं ।

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी बिहीबार संसदीय समितिमा सहभागी भएका छन् ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका उनी निलम्बन फुकुवा भएसँगै पहिलोपटक बिहीबार संसदीय समिति बैठकमा सहभागी भएका हुन् ।

गत १९ वैशाखदेखि निलम्बनमा परेका कोइरी बिहीबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपस्थित भएका हुन् ।प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले यही ८ पुसमा सांसद कोइलीको निलम्बन फुकुवा गरेका थिए ।