विश्व नम्बर एक जोकोभिच पराजित



एजेन्सी ।

पुरुषतर्फ विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच द युनाइटेड कपको क्वार्टरफाइनलमा पराजित भएका छन्। यो हारसँगै जोकोभिचको टोली सर्बिया अस्ट्रेलियासँग पराजित भयो।

पर्थमा भएको खेलमा जोकोभिच अस्ट्रेलियाका एलेक्स डी मिनाउरसँग ६–४, ६–४ ले हारेका थिए। यो सर्बियाको अस्ट्रेलियामा सन् २०१८ पछिको पहिलो हार थियो। अस्ट्रेलियाले सेमिफाइनलमा जर्मनी वा ग्रीसविरुद्ध खेल्नेछ।

सर्बियाले चेकविरुद्ध जित हात पार्दा जोकोभिचको नाडीमा समस्या आएको थियो। यसको उपचार मिनाउरविरुद्ध धेरै नै गर्नु परेको थियो। खेलमा उनले सोचे जस्तो प्रदर्शन गर्न नसक्दा मिनाउरले लाभ उठाए।

मिनाउनरले पहिलो सेटको १० औं खेलमा जोकोभिचको सर्भिस तोडेर सेट आफ्नो पक्षमा पारेका थिए। दोस्रो सेटमा पनि उनले ४–३ को अग्रता बनाए। यसमा जोकोभिचले तीन म्याच प्वाइन्ट बचाएपनि खेलमा फर्कन सकेनन्।

प्रतिक्रिया दिनुहोस्