बिहेका लागि पात टिप्न गएको ट्याक्टर दुर्घटना, २९ जना घाइते

14
Shares

   दाङ ।

दाङमा ट्याक्टर दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

बिहेका लागि पात टिप्न जंगल गएका गढवा गाउँपालिका ४, पर्सा गाउँका बासिन्दा चढेको लु.२त १५६५ नम्बरको ट्याक्टर गढवा-कोइलावास खण्डमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

बिहेको पात टिपेर फर्किने क्रममा गढवा गाउँपालिका ५, चिसापानीमा दुर्घटनामा परेको प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए । घटनास्थलबाट सबै घाइतेलाई उपचारका लागि लमही पठाइएको पनि प्रहरीले जनाएको छ ।