स्लोवेनिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ 

0
Shares

काठमाडौं । 
स्लोवेनिया पठाइदिन्छु भन्दै २ लाख ८० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने २५ वर्षीय अजय राज शाही र गोरखा चुमनुव्री गाउँपालिका(४ घर भएकी ३५ वर्षीया छिमी सुनिन रहेका छन् ।
उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि स्लोवेनिया पठाई फ्याक्ट्रीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।