वन कार्यालयले गस्ती गर्न छाडेपछि काठ बरामद गर्दै प्रहरी

0
Shares

रौतहट ।

डिभिजन वन कार्यालय रौतहटले वन गस्ती गर्न छाडेपवछि प्रहरीले तस्करीको काठ बरामद गर्न थालेको छ । जिल्लाको बृन्दावन नगरपालिकामा रौतहटको वनबाट काटेर ल्याएको काँचो सालको गोलिया प्रहरीले बरामद गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार रातिको जिल्लाको बृन्दावन न.पा.वडा नं.८ बरगजवाटोलमा परालको टाल भित्र लुकाई राखेको सालको गोलिया पाँच थान बरामद गरेको हो ।

१ लाख २० हजार मुल्य बराबरकोे सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समय रौतहटमा वन कर्मचारीले गस्ती गर्न छाडेपछि वनमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।