रवि लामिछानेलाई खोया हान्ने रानाभाट साधारण तारेखमा छुटे

0
Shares

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् । मंगलबार उनलाई साधारण तारेखमा रिहा गरिएको हो ।

गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए । त्यसपछि पक्राउ परेका रानाभाटलाई लामिछानेले नथुन्न र कारबाही नगर्न भनेपनि प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि भन्दै म्याद थपेको थियो ।

उनलाई १० दिन म्याद थप भएको थियो । कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।