बालकले अगेनोमा खेल्दा घर जल्यो 

0
Shares

बाजुरा।

गौमुल गाउँपालिका–६ चौकामा एक घरमा आगलागी भएको छ । सोमबार बिहान करिव ७ बजे बालबालिकाले चलाएको आगोबाट घरमा आगलागी भएको प्रहरी जनाएको छ ।  शेर बहादुर रोकायाको घरमा आगलागी भएको स्थानीय गणेश बहादुर थापाले बताए  ।

 अगेनोमा खेलिरहेको बालकले आगो  चलाएपछि एकाएक घरमा आगलागी भएको हो । ७ वर्षका बालकले सलाईको काँटी जलाएर किताबमा लगाएपछि घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ ।आगलागीबाट करिव २ लाख ५० हजार बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट नगद २० हजारसहित घरभित्र रहेका गहना, अन्नपात, लत्ताकपडा, लालपुर्जा, नागरिकता, प्रमाणपत्र लगायत सबै जलेर नष्ट भएका छन् ।

स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट बचेको छ । यसअघि सोही वडाको टुनी टोलमासमेत एक घरमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको थियो ।

 यसैबीच गत साता त्रिवेणी नगरपालिका वडा नं पाँच  किम्नीका  देउराम बुढाको घरमा आगलागी हुँदा उनको परिवार बिचल्लीमा परेको छ।  घर जलेर  अन्नपात लत्ता कपडा सबै नष्ट भएपछि बुढाको जहान परिवार बिचल्लीमा परेको छ । बस्ने घरमा आगो लागेपछि छिमेकीको घरमा ओत लागेका छन्। पुसको चिसो र भोको पेटमा रातकाट्न धौ धौ भयो । आफन्तले केही सहयोग गरेपनि त्यसले छाक टार्न समस्या भयो । बालबालिकालाई फेर्ने एकसारो कपडा पनि छैन। घर बनाउने की जहान पाल्ने भन्ने चिन्ताले पिरोलेको छ। आंङ्गमा लगाएका लुगा बहायक केही बचेन। खाद्यन्को नाममा एक गेडो अनाज बचेको छैन आगलागी पिडित बुढाको दुखेसो छ।

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराबाट  छ वटा कम्मल त्रिपाल लगायत भांडाकुंडा उपलब्ध गराएको छ , उक्त राहत  पर्याप्त नभएको रेडक्रस बाजुराका सभापति मेखराज जैसीको भनाई छ।  घर जलेर नष्ट भएपछि अहिले  छिमेकीको घरमा  ओत लागेका छन् ।  त्रिवेणी नगरपालिकाबाट   सक्दो सहयोग गर्ने भन्ने प्रस्ताव ल्याएका छौँ  । तर, पालिकाबाट नीतिगत निर्णय हुन बाँकी छ । नगरप्रबक्ता एबं वडाअध्यक्ष मिन वहादुर भण्डारीले बताए । उनलाई आठजनाको जहान परिवार पाल्लन धौधौ भएको छ । सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न अपि गर्छु  नगरप्रबक्त भण्डारीले थपे ।

विद्युत् लाइन सट भएर घरमा आगलागी भएको थियो  । बिहान खाना पकाउने क्रममा एक्कासी विद्युत् लाइन सट भएर घरमा आगलागी भएको स्थानीय गणेश साउँदले बताए। उनको घरमा आगलागी हुँदा घर पूर्ण क्षति भएको प्रहरीले जनाएको छ। आगलागीमा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरमा आगलागी हुँदा उनको ८ जनाको परिवार विस्थापित भएको छ । २० लाख रुपैंया बरावरको धनमाल क्षेती भएको किम्नीका पूर्व वडा अध्यक्ष खम्बिर बुढाले भने।

कामचलाउ विद्युत् वायरिङ्ग गर्नु  र विद्युत् भोल्टेज एमसिसिवी चेक नगरेर विदुत  प्रयोग गर्नुले विद्युत् सर्ट भएर  प्राय आगलागी हुने गर्छ  । गाउँघरमा मापदण्ड अनुसारको वायरिङ्ग गरी विद्युत् उपयोग गरे विद्युत् सर्ट भएर हुने आगलागीबाट बच्न सकिने नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रका सुपरभाइजर लोकराज जोशीको भनाई छ। त्यसैगरी प्राय गाउँ घरमा बालबालिका घरमा एक्लै छोडेर  अभिभावकहरु मेलापात जाने हुंदा बच्चाले आगो खेलाउँदा र सलाईका  काँटी कोरेर खेल्दा  बढी  आगजनीका घटना  हुने गरेका छन्।  आगो तथा आगोजन्य पदार्थबाट बालबालिकालाई टाढा राख्न सरोकारवालाको भनाई छ।