आयोजक मानेभञ्ज्याङकाे सुरुवाती अग्रता

14
Shares

ओखलढुंगा  । 

ओखलढुंगाको मानेभञ्ज्याङले आयोजना गरेको प्रदेश स्थानिय तह अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को उद्घाटन खेलमा आयोजक मानेभञ्ज्याङ गाँउपालिकाले शुरुवाती जित निकालेको छ ।

आयोजक मानेभञ्ज्याङले ओखलढुंगाकै सुनकोसी गाँउपालिकालाई सुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै जित निकालेको हो । खेल शुरु भएको ३ मिनेटमा मान बहादुर राईको गोलले अघि भएको मानेभञ्ज्याङले सुनकोसी गाँउपालिकालाई पुरा खेल अवधि भरि आफनो दबाबमा रखेको थियो ।
यसै गरि खेलको १३ औ मिनेटमा प्रदिप कुमार थापाले डि बक्स भित्र सृजना गरेको अवसरलाई सदुपयोग गर्दै मानेभञ्ज्याङका राजु राईले गोल गर्दै आफनो टिमलाई दोब्बर अग्रता दिलाए ।

खेलको ४० औ मिनेटमा मानेभञ्ज्याङका जर्सी नम्बर ११ का खेलाडी मान बहादुर राईले आफनो लागी दोस्रो टिमका लागी तेस्रो गोल गर्दै मानेभञ्ज्याङलाई तिन सुन्यको अग्रता दिलाए ।

पुरै खेल अवधि भरि सुनकोसी गाँउपालिका मानेभञ्ज्याङको सामु निर्हीय जस्तै बनेको थियो । मानेभञ्ज्याङ गाँउपालिकाको उँबुमा आज देखी शुरु भएको प्रदेश स्थानिय तह अध्यक्ष कप फुटबल प्रतियोगितामा ओखलढुंगा लगाएत अन्य जिल्लाका १८ ओटा स्थानिय तहहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद रु ५ लाख सहित २ तोला सुन र २ सय तोला चादी जडित ट्रफी, मेडल र प्रमाण पत्र दोस्रो स्थान हासिल गर्ने टिमले ३ लाख नगदको साथमा मेडल र प्रमाण पत्र र सेमी फाईनलिस्ट २ टिमलाई नगद रु एक एक लाख रुपैया दिईने मानेभञ्ज्याङ गाँउपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताएका छन् ।