बागमतीलाई हराउँदै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा

0
Shares

काठमाडौं ।

सुदूरपश्चिम प्रदेश जारी प्रधानमन्त्री कप महिला टी-२० को दोस्रो क्वालिफायरमा पुगेको छ ।

आइतबार सम्पन्न इलिमिनेटरमा बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा पुगेको हो । बागमती प्रदेशले दिएको १०० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १४।३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै बागमती प्रदेशले १९ ओभरमा अल आउट हुदै ९९ रन मात्र बनाएको थियो । यो हारसँगै बागमती प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै यस खेलको विजेता सुदूरपश्चिम प्रदेशले भने अब दोस्रो क्वालिफायरमा कोशी प्रदेशको सामना गर्ने छ ।

दोस्रो क्वालिफायर खेल सोमबार हुने छ । त्यस्तै दोस्रो क्वालिफायरको विजेताले फाइनलमा एपीएफको सामना गर्ने छ । फाइनल खेल बुधबार हुने तालिका रहेको छ।