सेनाका सहायक रथी ढकाल र घिमिरे उपरथीमा बढुवा



काठमाडौं ।

नोपली सेनालेका दुई सायक रथीलाई उपरथीमा बढुवा भएका छन् । बढुवा समितिको सिफारिस अनुसार सहायक रथी चोकबहादुर ढकाल र पवन घिमिरे उपरथीमा बढुवा भएका हुन्।

शुक्रबार बसेकाे मन्त्रिपरिषद बैठकले उपरथी पदमा रिक्त भएपछि उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो । उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापा रथीमा बढुवा भएका छन्।

उपरथीमा रिक्त दरबन्दीमा बढुवा गर्नका लागि सहायक रथी सुनिल श्रेष्ठलाई सिफारिस गर्दै ७ दिने सूचना जारी भएको छ।

 

प्रतिक्रिया दिनुहोस्