तमु ल्होसारको अवसरमा आज सार्वजनिक बिदा



काठमाडौं ।

गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्