बालकुमारी घटना : मृतकको परिवारलाई क्षतिपूर्ति दिन अनेरास्वयुको माग

0
Shares

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी गरेकाे घटनामा पक्राउ परेका युवाहरुलाई तत्काल रिहा गर्न र  मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न,घाइतेहरुको उपचारको व्यवस्था गर्न अनेरास्वयुले माग गरेकाे छ  ।

देशमै रोजगारी उपलब्ध गराउन नसक्ने सरकारले यसरी युवाहरुलाई बल प्रयोग गरी दमन गर्ने कार्यले राज्य प्रणाली र व्यवस्थामाथि वितृष्णा पैदा गरी मुलुकलाई थप अस्थिरता र हिंसा तर्फ धकेल्नसमेत सक्ने हुनाले त्यसतर्फ सचेत रहन सरकारलाई ध्यानाकर्षण गराएकाे हाे ।

विज्ञप्ति

रोजगार अनुमति प्रणाली( EPS) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका युवाहरुले “पानी जहाज निर्माण कम्पनीमा आवेदन दिएकाहरुले उत्पादन क्षेत्रमा समेत भाषा परीक्षा दिन पाउनु पर्ने” माग राखी गरेको आन्दोलनको क्रममा सरकारका मन्त्री सवार गाडिमा आगजनी भएको निहुँमा बेरोजगारीको पिडाले छट्पटिएर सडकमा आएका युवाहरु माथि भएको प्रहरी दमन र प्रहरी दमनका क्रममा सुजन राउत र विरेन्द्र शाहको समेत मृत्यु भएको घटना प्रति अनेरास्ववियु घोर भत्र्सना गर्दछ ।

यस घटनालाई केबल मन्त्री सवार गाडिमा भएको आगजनीको रुपमा नबुझी आम बेरोजगार युवाहरुको पिडाको रुपमा बुझी आन्दोलनका मागहरु पुरा गर्न, विना शर्त पक्राउ परेका युवाहरुलाई तत्काल रिहा गर्न, मृत्यु भएका युवाहरुको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेहरुको उपचारको व्यवस्था गर्न र गम्भिर परिस्थितीलाई प्रहरी दमनबाट होइन आन्दोलनरत युवाहरुको पिर मर्का बुझी वार्ता र संवाद मार्फत समाधान गर्न अनेरास्ववियु सरकार समक्ष जोडदार माग गर्दछ । आजको घटना घट्नुमा स्वयं सरकार र प्रहरी प्रशासन जिम्मेवार रहेको अनेरास्ववियुको ठहर छ । देशमै रोजगारी उपलब्ध गराउन नसक्ने सरकारले यसरी युवाहरुलाई बल प्रयोग गरी दमन गर्ने कार्यले राज्य प्रणाली र व्यवस्थामाथि वितृष्णा पैदा गरी मुलुकलाई थप अस्थिरता र हिंसा तर्फ धकेल्न समेत सक्ने हुनाले त्यस तर्फ सचेत रहन सरकारको ध्यानाकर्षण समेत गराउन चाहन्छौँ ।

अन्त्यमा, आन्दोलनका क्रममा मृत्यु भएका सुजन राउत र विरेन्द्र शाहप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शेक सन्तप्त परिवारजनमा भावपूर्ण समवेदना प्रकट गर्दै आन्दोलनमा घाइते हुनु भएका युवाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्न चाहन्छौँ । देशमै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्न पहल गर्नुको सट्टा दिउसै युवाहरु माथि गोलि बर्साउने सरकारको गलत रबैयाको भण्डाफोर गर्न र सश्क्त आन्दोलनका लागि तयार रहन सम्पुर्ण न्यायप्रेमी विद्यार्थी समक्ष हार्दिक अपिल गर्दछौँ ।