विद्युत प्राधिकरणले काट्यो एनसेलको ६ वटा टावरको लाइन

0
Shares

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले एनसेलको ६ वटा टावरको लाइन काटेको छ । विद्युत लाइनको वक्यौता रकम विगत चार महिनादेखिको नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको हो ।

पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको ७ लाख ४३ हजार वक्यौता बुझाउन बाँकी रहेको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताए ।

सिमभन्ज्याङ्ग, कुलेखानी देउराली, सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो । वक्यौता बुझाउन पटक आग्रह गर्दा समेत अटेर गरेकाले बाध्य भएर लाइन काटिएको र महशुल नुबझाए क्रमशः सबै टावरको लाइन काटिने प्रमुख न्यौपानेले बताए ।