कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै मन्त्रीको गाडीमा आगजनी

0
Shares

काठमाडौं ।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका युवाहरूको समूहले मन्त्रीको गाडीमा आगजनी गरेका छन् ।

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीमा आगजनगी गरिएको मन्त्री प्रकाश ज्वालाका प्रेस सल्लाहकार जीवन बीसीले बताए ।

आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ ।  आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ भने अहिले आन्दोलका कारण बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।