कस्तो छ तपाईंको आजको राशिफल ?

0
Shares

मेष : आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नसक्छ।

वृष : स्वदेशमा व्यापार व्यवसायको विकल्प देख्न सकिन्छ। आज दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। अचानक धन प्राप्त हुनेछ। आर्थिक र सामाजिक क्षेत्रको लगानी राम्रो हुनेछ। शुभ कार्यमा सहभागी हुने भएकाले दिन रमाइलो हुन्छ। परिवारमा भने अविश्वास हुनसक्छ।

कर्कट : आजको दैनिकी राम्रो छ। समाजले भने तपाईंमाथि प्रहार गर्न सक्ने देखिन्छ। परिवारमा विवाद नगर्नु राम्रो हुन्छ। विवादले आफन्त टाढिने जोखिम छ।

सिंह : दैनिकी राम्रो छ। तर्कमा हारेर कामबाट जित्नु राम्रो हुन्छ। धेरै नबोली काम गर्दा फाइदा हुने देखिन्छ। हरेक क्षेत्र सुदृढ रहे पनि परिवारबाट सहयोग प्राप्त नहुन सक्छ।

कन्या : आफूले आफूलाई चिन्ने प्रयास गर्नुपर्छ। आफ्नो मूल्यांकन गर्न सकियो भने सफलता मिल्नेछ। आफ्नो कमजोरी आफूलाई थाहा नभए अर्कैले फाइदा लिने देखिन्छ।

तुला : अचानक खर्च हुनसक्छ। सचेत भएर व्यवहार गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : आजको दिन सामान्य छ। आफ्नो व्यवहारमा सुधार गर्नुपर्ने देखिन्छ। आर्थिक, सामाजिक र पारिवारिक झन्झट आइपर्ने देखिन्छ।

धनु : व्यापारबाट फाइदा हुनेछ। पुराना ग्राहकबाट फाइदा हुनेछ। दिन रमाइलो भएकाले परिवारको साथ मिल्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : खर्च कम गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। परोपकारमा मन जाने हुनसक्छ। खराब साथीसँग सचेत हुन राम्रो हुन्छ। परिवारभित्र खटपटी हुनसक्छ।

कुम्भ : दिन सामान्य छ। हरेक क्षेत्रमा खुट्टा तान्ने र कुरा काट्ने साथी हुनसक्छन्। वैदेशिक क्षेत्रमा लगानी गरेको सम्पत्तिको राम्रो प्रतिफल मिल्नेछ। परिवारमा मन मुटाव हुनसक्छ।

मीन : आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ।