अवसर नपाएकालाई राष्ट्रियसभामा पठाउन दबाब  

0
Shares

काठमाडौं।

आसन्न राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट पठाउने उम्मेदवारहरु नयाँ र अवसर नपाएकाहरुले प्राथमिकता पाउनुपर्ने नेपाली कांग्रेसमा दबाब बढेको छ ।  संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अधिकांश कन्द्रयि सदस्यहरले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउनुपर्ने नेतृत्वमाथि दबाब दिएका हुन् ।

बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन बोल्ने केन्द्रीय सदस्यहरूले न्याय दिने हिसाबले मात्र उम्मेदवार बनाउनुपर्ने धारणा राखेको नेताहरुले बताएका छन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदसयहरुको भावना अवसर नपाएका र पार्टीमा योगदान गरेका नेताहरलाई यसपटक राष्ट्रियसभामा पठाउनुपर्ने माग गरेको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । त्यस्तै पार्टी संगठनमा देखिएको समस्या लगायतमा पनि नेताहरूले धारणा राखेको उनको भनाइ छ ।

‘राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोट गर्दा कम्तीमा पार्टीले सबैलाई न्याय गरोस्, कसैलाई एउटै व्यक्तिलाई दोहो¥याउने र कसैले कहिल्यै अवसर नपाउने स्थिति नबनोस्, पार्टीले खोजेर भएपनि न्याय गरोस् भन्ने केन्द्रीय सदस्यहरूको वक्ताहरूको धारणा रहेको छ’, विश्वकर्माले भने । बैठकमा पाँच वटा विषयमा छलफल चलिरहेको उनको भनाई छ ।

जसमा समसामयिक राजनीतिक (राष्ट्रिय सभा निर्वाचन, सरकारका कामकारबाही,गठबनधन मजबुद बनाउने), महासमिति बैठक, सरकारमा सहभागि मन्त्रीहरुको कार्यप्रगतिको जानकारी गराउने, समुदायमा कांग्रेस अभियानको कार्ययोजना र भुकम्प पछिको पुनर्निमार्णको सन्दर्भ रहेका छन् । पहिलो दिन स्वास्थ्य मन्त्रीले आफूले गरेका कामकारबाहीबारे बैठकमा जानकारी गराएको बताइएको छ ।

छलफलमा राष्ट्रिय सभाको निर्वाचनको विषयले प्रथमिकता पाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफुनिकटका पुरानै नेताहरुलाई उम्मेदवार बनाउने तयारी भइरहेकाबेला केन्द्रीय समिति सदस्यहरुले नयाँ र जिम्मेवारी नपाएकाहरुलाई  प्राथमिकता दिनुपर्ने बैठक मार्फत दबाब दिएका हुन् ।

 बैठकमा केन्द्रीय सदस्यहरु— दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखेका छन् ।