प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने सरकारको निर्णय

0
Shares

काठमाडौं ।

सरकारले प्रधानमन्त्री कार्यालयमा अहिलेको दरबन्दीमा ६८ वटा कटौती गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनः संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने र यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

यस्तै आजको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०र०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। प्रवक्ता शर्माका अनुसार सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ तोकेको छ।