रामेछापमा वृहत् महोत्सव हुँदै : कृषि उपज र स्थानीय उद्यमीलाई स्टल निःशुल्क

0
Shares

रामेछाप ।

आन्तरिक तथा बाह्य पर्यटक प्रबन्धन र जिल्ला व्यवसायलाई चलायमान बनाउन रामेछाप उद्योग वाणिज्य सङ्ग बृहत् रामेछाप महोत्सव गर्ने भएको छ ।

रामेछाप उद्योग वाणिज्य सङ्गले बिहीबार पत्रकार सम्मेलन गरी बृहत् रामेछाप महोत्सव २०८० गर्ने जानकारी गएको हो । पौष २६ गते देखि १० दिन सम्म महोत्सव सञ्चालन पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । रामेछाप उद्योग वाणिज्य सङ्गका अध्यक्ष नवीन कुमार थापा मगरको अध्यक्षमा पत्रकार सम्मेलनको आयोजना भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापामगरले महोत्सवलाई सफल बनाउन १५ वटा उप समिति निर्माण गरिएको बताए । महोत्सवमा १ सय ५० वटा स्टल रहने समेत थापामगरले बताए ।

महोत्सवको उद्देश्य स्थानीय स्तरमा रहेका कृषि उपज प्रचार पर्यटकीय स्थलको प्रचार गर्नु रहेकाले कृषि उपज र स्थानीय उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

स्थानीय सुनुवार थामी हायु माझी समुदायको झाकिँ, तामाकोसी नदिमा र्याफ्टिङ्ग र पालिका स्तरीय लोक दोहरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण रहने छन् भने ६९ लाख भन्दा बढी खर्च हुने आयोजक रामेछाप उद्योग वाणिज्य सङ्गले अनुमान गरेको छ ।

महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई निःशुल्क प्रवेश दिइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । अन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गदै रामेछाप उद्योग वाणिज्य सङ्गले गत वैशाख १ र २ गते मन्थलीमा सडक महोत्सव समेत गरेको थियो ।