मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

0
Shares

चितवन ।

चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई उपचारका निम्ति भरतपुरस्थित एलाइभ अस्पतालमा पठाइएको थियो। तर, अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।