एनएसएल : पोखरा र ललितपुर आज दोस्रो क्वालिफायरमा भिड्दै



काठमाडौं ।

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायर खेलमा  आज पोखरा थण्डर्स र ललितपुर सिटी भिड्दै छन्। यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रङ्गशालामा हुँदैछ।

पोखरा पहिलो क्वालिफायरमा पेनाल्टी सुटआउटमा धनगढीसँग पराजित भए पछि दोस्रो क्वालिफायर खेल्न लागेको हो भने ललितपुर सिटीले इलिमिनेटरमा  काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो।

यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ। यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ।

यो संस्करणको उपाधि विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता टोलीले २० लाख रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्