दुईजना फरार प्रतिवादी पक्राउ


११ प्ष उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको गस्तीमा रहेको प्रहरी टोलीले अदालतबाट जरिवाना तोकिएका दुई जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कायाृल्य उदयपुरले दिएको जानकारी अनुसार गाली बेइज्ज्ती मुद्दामा सजाय तोकिएका बेलका नगरपालिका वडा नं ५ घुम्ने बस्ने वर्ष ६२ को डम्बर बहादुर कटुवाल र सोही ठाउँ बस्ने वर्ष ५२ को तिलक बहादुर कटुवाल रहेका छन् ।

पक्राउ परेका दुबै जनालाई उदयपुर जिल्ला अदालतले पाँच पाँच हजार रुपैया जरिवाना तोकेकोमा फरार अवस्थामा रहेको थिए । बुधबार प्रहरीले दुबै जनालाई घरबाटै पक्राउ गरी फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा ब्झाएको जनाएको छ ।