अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाइने

14
Shares

काठमाडौं ।

यातायात व्यवस्था विभागले अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् ।

 विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुसदेखि applydinew.dptm.gov.np मार्फत निवेदन दिन सकिने भएकाे छ ।

निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ ।

निवेदकले सवारी चालक अनुमति पत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानु पर्ने समेत सूचनामा उल्लेख छ ।