सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला फेरि ‘हेर्दाहेर्दै’मा

0
Shares

काठमाडौं ।

सन्दीप लामिछानेको मुद्दाको फैसलाको सुनुवाई बुधबार पनि हेर्दाहेर्दैमा सकिएको छ । जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा बुधवार पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश आएको अदालत स्रोतले जनाएको छ ।

यो मुद्दा आइतवार न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको हो । अब बाँकी बहस उनैको इजलासमा बिहीवार निरन्तर हुनेछ ।

सोमवार र मंगलबार सार्वजनिक बिदा परेकाले आइतवारपछि बुधवार बहस भएको थियो । यो मुद्दा आइवार पनि हेर्दाहेर्दैमा राखिएको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक(पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ,शम्भु थापा, कृष्ण सापकोटालगायतले  बहस गर्ने तायारी  छ  ।