धान संकलन गरेर गुरुकुल संचालन

0
Shares

धादिङ ।

मलेखुमा गुरुकुल संचालन गर्नका लागि भद्रकाली सामुदायिक विकास समाजले गाउँ भर धान संकलन गरेको छ । धान्यपुर्णिमाको अबसरमा मलेखुमा १ सय ५० मुरी धान संकलन गरिएको छ ।

गुरुकुल र जेष्ठ नागरिक राखिएको भद्रकाली मन्दिर परिसर क्षेत्रमा संकलन गरिएको धान चामल राखिएको समाजका महासचिव रामहरी थापाले जानकारी दिए । सन्चालनको लागि मलेखुमा धान्यपुर्णिमाको अबसरमा १ सय ५० मुरि धान संकलन भएको छ ।

सिद्धलेख गाउँ पालिका वडा नम्बर ६ ,गजुरि गाउँ पालिका वडा नम्बर १,२ ,र वेनिघाटरोराङ गाउँ पालिका वडा नम्बर २, ३, ४, ५, ७ बाट धान चामल र नगद संकलन भएको छ । समाजले किसानको खेतखेतमा पुगेर भरधान संकलन गरिएको थियो । धान भित्र्याईसकेका किसानले चामल दिएका छन् भने केही नागरिकले नगद दिएका छन् ।

सो अबसरमा करिव १ सय ५० मुरी धान, नगद करिब ३० हजार र चामल एकसय किलोग्राम किसानले दान गरेका छन् । गतवर्षहरुमा समेत यसरी किसानले दायको दानबाट आश्रम संचालन भईरहेको छ । जेष्ठनागरिक आश्रममा १२ जना र गुरुकुलमा ३५ जना बटुकहरु आवाषिया सुविधासहित रहेको थापाले बताए ।