कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

0
Shares

काठमाडौं ।

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्। उनलाई बुधबार कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हाे  ।

पराजुली कास्कीमा हुँदा सहकारी प्रकरणमा मुछिएका थिए । मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा घुस लिएको आरोप छ । स्रोतका अनुसार आफूविरुद्ध पक्राउ पूर्जी जारी हुने संकेत पाउनासाथ प्रमुख प्रशासकीय अधिकृत पराजुली बिदामा बसेका थिए ।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेको थियो। उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।