प्रधानमन्त्री महिला टी- २० मा एपीएफको लगातार पाँचौँ जित


काठमाडाैं ।

जारी प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार पाँचौ जित हसिल गरेको हो ।

एपीएफले दिएको १६१ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै ६८ रन मात्र बनाएको थियो । यस अघि एपीएफले पहिला ब्याटिंग गर्दै २० ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको थियो । यो जितपछि एपीएफ ५ खेलमा अपराजित हुदै १० अंक हासिल गरेर अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशले लगातार पाँचौं हार बेहोरेको छ । अब एपीएफले अर्को खेल विहिबार गण्डकी प्रदेशसँग खेल्ने छ भने कर्णालीले अर्को खेल विहिबार नै बागमती प्रदेशसँग खेल्ने छ ।