एक घरमा आगलागी हुँदा ९ लाख बढीको क्षति

0
Shares

इलाम ।

इलामको सूर्योदय नगरपालिका-८ पाल्टाङ्गेस्थित सुभाकर पुरासैनीको घरमा आगलागी हुँदा साढे ९ लाख रुपैयाँभन्दा बढिको क्षति भएको छ। मंगलबार राति पुरासैनीको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो।

आगोले ७० हजार रुपैयाँ, घरमा रहेको कस्मेटिक पसल, फर्निचर लगायतका सामान जलेर करिब ९ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।