समाजवादी मोर्चाको बैठक बालुवाटारमा

0
Shares

काठमाडौं ।

समाजवादी मोर्चाको बैठक अहिले बालुवाटारमा जारी छ। बुधबार बिहान नौ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, माधव नेपाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल लगायतका नेता सहभागी छन्।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।