राष्ट्रिय सभा निर्वाचन : कृष्ण सिटौलादेखि गुरुराज घिमिरेसम्मको नाम सिफारिस

0
Shares

विराटनगर ।

राष्ट्रिय सभा सदस्यमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलादेखि गुरुराज घिमिरेसम्मको नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश समिति बैठकले जिल्लाबाट आएका नामबाट उनीहरुको नाम सिफारिस गरेको हो । आउँदो ११ माघमा राष्ट्रियसभा सदस्य चयनका लागि हुने निर्वाचन उम्मेदवारका लागि कांग्रेस कोशीले उनीहरुको नाम सिफारिस गरेको हो ।

कांग्रेस कोशी प्रदेश समितिको बैठकले कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा। मीनेन्द्र रिजाल, सुजाता कोइराला, डिला संग्रौला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको हो ।