एमाले सुदूरपश्चिम सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री विजयी


काठमाडौं ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको दोस्रो प्रदेश सम्पर्क कमिटीको अधिवेशन खत्री निर्वाचित भएका हुन् ।

उनले ६७ मत ल्याएका थिए । अध्यक्षका अर्का उम्मेदवार रोशनदेव पन्तले ६२ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका लागि निर्वाचन भएपछि अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।

उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्र साउँद, उपसचिवमा पार्वती कठायत खड्का र नरेशबहादुर धमेना निर्विरोध निर्वाचित भए ।सदस्यहरुमा दीपेन्द्रसिंह ऐरी, किरण सिंह विष्ट, उर्मिला साउँद, सिंहलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, रुपेश कुमार साउँद, नविनराज गिरी निर्विरोध भएका छन् । अन्य केही सदस्य पदहरु भने खाली रहेका छन् ।