कारको ठक्करबाट दुई जनाको मृत्यु

0
Shares

पोखरा।

पोखरामा कारको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु भएको छ ।

पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा ठक्कर दिँदा पैदलयात्रु बाग्लुङको ढोरपाटन नगरपालिका ६ का ढालेन्द्र छन्त्याल र परिचय नखुलेका अर्का पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते भएका उनीहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।