सत्यनारायण स्मृति मिडिया कप सम्पन्न

0
Shares

काठमाडौं ।

नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराण बहादुर श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको छ।

सत्यनारायण बहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगिताको रूपमा सोमबार आयोजना भयो। जसमा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ।

आदर्श विद्या मन्दिर (एभिएम) विद्यालयस्थित फुटसल मैदानमा भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौंलाई ८–४ ले हरायो । च्याम्पियन टिमका लागि अनिश श्रेष्ठ र गगन श्रेष्ठले चार–चार गोल गर्नुभयो। यसैगरी, काठमाडौँका अभिनव जोशीले पनि फाइनलमा चार गोल गर्नुभएको थियो ।

प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेवाः कलाकार र एनएफएनज ललितपुरको पनि सहभागिता रहने छ।

सो प्रतियोगिताको समूह चरण सकिएपछि नेवाः महिला पत्रकार र नेवाः महिला कलाकारबिच मैत्री खेल भएको थियो। जसमा नेवाः महिला पत्रकार २–१ ले विजेता बनेको थियो।

सो प्रतियोगिताको उद्घाटन ललितपुरमहानगरपलिका वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ र समापन ललितपुर उपमहानगरपालिकाका उपमेयर मञ्जली शाक्यले गर्नुभएको थियो।

नेवाः पत्रकार राष्ट्रिय दबुले शिक्षाविद् तथा पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित हरेक वर्ष विभिन्न कार्यक्रम गरी अभियान चलाउँदै आएको छ।