एसियन र सिर्जनशील सेमिफाइनलमा

0
Shares

काठमाडौं ।

एसियन पब्लिक र सिर्जनशील १२औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को कोर्टमा एसियनले चैतन्यलाई ७–२ ले पराजित गर्‍यो। एसियनको जितमा सारिका बोहराले ३ अंक योगदान गरिन्। कुञ्जना मगरको ६ अंक सहयोगमा सिर्जनशीलले लिभरपुललाई १२–४ ले हरायो।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समै काठमाडौं जेभियर्सले हेम्सलाई ९–८ तथा इनोभेटिभले सनसाइनलाई १९–१४ ले पाखा लगाए।

काठमाडौं जेभियर्सकी दिप्रेन्जा बोहराले ६ तथा इनोभेटिभकी ऋद्धि घर्ती मगरले १७ स्कोर गरे।