क्यानोइङ इन्टरनेसनल टोलीको बिदाइ

0
Shares

काठमाडौं ।

चीनमा हुन लागेको वाइल्डवाटर क्यानोइङ इन्टरनेसनल ओपन खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।

सोमबार एक कार्यक्रमका बीच डिसेम्बर २६ देखि जनवरी १ सम्म चीनको नु जियाङमा हुने वाइल्डवाटर क्यानोइङ इन्टरनेसनल ओपनमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको हो।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष्य जीवनराम श्रेष्ठले सोमबार चार सदस्यीय टोलीलाई बिदाइ गरेका हन्। नेपाली टोलीको लिडरमा सूर्य प्रसाद, प्रशिक्षकमा युवराज अधिकारी तथा खेलाडीमा विक्रम गुरुङ र गणेश गुरुङ रहेका छन्।