प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै छन्। प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले एक वर्षे कार्यकाल पूरा हुँदै गर्दा विशेष खुलासा गर्ने यसअघि सार्वजनिक कार्यक्रममार्फत बताएका थिए।

अघिल्लो वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड क्याबिनेटका मन्त्रीहरूलाई एक महिनाको समय दिएर रिपोर्ट कार्ड माग्ने तयारीमा छन्।