हेम्स र स्पाङगल क्वार्टरफाइनलमा

0
Shares

काठमाडौं ।

हेम्स र स्पाङगल १२औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

उक्त दुई टिमसंगै स्वप्न वाटिका, सनसाइन, काठमाडौं जेभियर्स, सूर्योदय, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र भद्रघले पनि क्वार्टरफाइनलमा पुग्न सफल भए।

जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स, स्वप्नवाटिका, इनोभेटिभ, चैतन्य, एआईए, लिटिल फ्लावर, सनसाइन र स्पाङगलले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।

प्याब्सन मध्यक्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा इनोभेटिभ, सनसाइन, हेम्स, काठमाडौं जेभियर्स, चैतन्य, एसियन पब्लिक, सिर्जनशील र लिभरपुलले क्वार्टरफाइनल यात्रा तय गरे।