स्केटबोर्डमा नेपालको दबदबा



काठमाडौं ।

पाँचौं दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालको दबदबा रह्यो। प्रतियोगितामा सिनियर पुरुष, सिनियर महिला र जुनियर पुरुषमा गरी ३ स्पर्धामा समान ३/३ स्वर्ण, रजत र कांस्यका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्दै वर्चस्व कायम गरेको हो।

नेपाल स्केटिङ तथा स्केटबोर्ड संघ र स्केट एड नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर पुरुषमा शरद् राई पहिलो, वसन्त राई दोश्रो तथा धीरज परियार तेश्रो भए।

सिनियर महिलामा समीक्षा राईले स्वर्ण, खुशी विकले रजत तथा स्वाती श्रेष्ठले कांस्य जिते। पुरुष/महिलामा दुवैमा पहिलो हुनेले १ हजार, दोश्रोले ५ सय र तेश्रोले २ सय ५० अमेरिकी डलर नगद पुरस्कार पाए।

रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा भएको प्रतियोगिताको जुनियर पुरुषमा अभिषेक परियार प्रथम, भारतका मोहम्मद विन जावेद द्वितीय र कर्मा लामा गुरुङ तृतीय स्थानमा रहे।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ सय, १ सय ५० र १ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्