मन्त्री किराँतीको राजीनामा माग्दै आज संसद् भवन घेराउ गरिने

0
Shares

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामाको माग गर्दै संसद् भवन घेराउ गरिने भएको छ।

मन्त्री किराँतीको राजीनामा माग गर्दै सनातन धर्मालम्बीहरुले आज दिउँसो १ बजे, सङ्घीय संसद् भवन, नयाँ बानेश्वर घेराउ गर्न लागेका हुन्।

‘मरे बलिदान, बाँचे स्वाभिमान, सनातन संस्कृतिको रक्षा, हाम्रो अभियान’ भन्ने मुल नारासहित संसद् भवन घेराउ गर्न लागिएको नेपाल सनातन धर्म-संस्कृति सङ्गठनका संयोजक पुष्पराज पुरुषले जानकारी दिए।

उनका अनुसार सनातन संस्कृतिको खुलेआम विरोध गर्दै अमुक पन्थको प्रवक्ता बनी प्रचार गरेपछि मन्त्री किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने मागसहित संसद् भवन घेराउ कार्यक्रम आयोजना गरिएको हो।

मन्त्री किराँतीले केही दिन अघि ‘क्रिश्चियन धर्म नमान्ने संविधान विरोधी हुन, संविधानको विरोध गर्नेलाई जेल हाल्ने’  अभिव्यक्ति दिएका थिए।

जसको अहिले चौतर्फी विरोध भइरहेको छ। मुख्य गरी सनातन हिन्दु धर्मालम्बीहरुले उनको चर्को आलोचना गर्दै निरन्तर राजीनामाको माग गरिरहेका छन् ।