काभ्रेको पनौतीमा गाडी दुर्घटना, ९ जना घाइते

0
Shares

काभ्रे ।

जिल्लाको पनौती नगरपालिका-५, सुन्दरबस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

सर्लाहीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०४–००१ ज ००११ नम्बरको इलेक्टिक गाडी आइतबार साँझ ६ बजेतिर पनौती–५ सुन्दर बस्तीस्थित बिपी राजमार्ग सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो।

दुर्घटनामा ३ महिला र ६ जना पुरुष घाइते भएका छन्। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।