नेपाल प्रहरीका सई भक्तपुरमा मृत भेटिए

0
Shares

काठमाडौं ।

नेपाल प्रहरीका एक जना नायव निरीक्षक (सई) भक्तपुरमा मृत फेला परेका छन्। भक्तपुरको सिपाडोलस्थित आफ्नै घरमा सई बालकृष्ण उपाध्याय मृत फेला परेका हुन्।

भक्तपुरका एसपी वेद विष्टले प्रहरी प्रधान कार्यालयमा कार्यरत ४४ वर्षीय सई उपाध्याय आफ्नै घरको तेस्रो तलामा कोठा भित्र मृत अवस्थामा भेटिएको जानकारी दिए। उनको मृत्युको कारण खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जनाएको छ।