लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार


बुटवल।

लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै लुम्बिनी प्रदेशमा कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाइएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार गठन भएको ८ महिनापछि दुई मन्त्री थप गरेका हुन्। चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डा नमिल्दा सरकारले पूर्णता पाएको थिएन।

नवनियुक्त मन्त्रीहरूको शपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए।