लमजुङमा ३९० किलो अवैध जडिबुटीसहित २ युवाक पक्राउ

84
Shares

लमजुङ ।

लमजुङमा अवैध जडिबुटी सहित दुई जना युवक पक्राउ परेका छन् । शनिबार ३ सय ९० किलो अवैध जडिबुटी (सुनगाभा) लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा उक्त जडिबुटी फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

मर्स्याङदी गाउँपालिका ४ देखि बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६६५७ नम्बरको जिपमा उक्त जडिबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चाँपाईले बताए ।

जडिबुटी ओसारपोसार कार्यमा संलग्न सोही जिपमा सवार मर्स्याङदी ४ का ३९ बर्षीया श्रीप्रसाद लामा र जिप चालक जगरबहादुर गुरुङलाई जडिबुटी सहित पक्राउ गरी अन्नपूर्ण संरक्षण क्षेत्र भुजुङसँग समन्वय गरी निजमाथि थप अनुसन्धान तथा कारवाहीको लागि पोखरास्थित एक्यापमा पठाइएको जिल्ला प्रहरीले कार्यालय लमजुङले जनाएको छ ।